
महिला लक्षित क्षमता अभिबृद्धि, प्रेरणमूलक र व्यवहारिक सहयोग प्रदान कार्यक्रम
गोरखा नगरपालिका वडा नं १३ मा महिलाहरुका लागि क्षमता अभिबृद्धि, प्रेरण जोगाउने र व्यवहारिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा गोनपा–१३ को आर्थिक सहयोगमा आयोजित दुईदिने कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विभिन्न सिपमुलक तालिम लिएका महिला दिदीबहिनीहरूलाई लक्षित गरेर उक्त क्षमता अभिवृद्धि, प्रेरणा जगाउने र व्यवहारिक सहयोग प्रदान गर्ने कार्यक्रम संचालन गरेको आयोजक महिला उद्धमी संघ नेपाल गोरखाकी सचिव जुना विश्वकर्माले बताइन् । महिलाहरुलाई सिपको उपयोग गर्न तथा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन् । कार्यक्रममा भरत अधिकारी शर्मा, सुरजराज चापागाई तथा महिला उद्धमी संघ नेपाल गोरखाकी संस्थापन अध्यक्ष रिता रेग्मीले सहजिकरण गराएको उनको भनाई छ ।
महिला उद्धमी संघ नेपाल गोरखाकी वर्तमान अध्यक्ष सिर्जना पाण्डेको अध्यक्षता एवं गोरखा नगरपालिका वडा नं १३ की वडाअध्यक्ष मित्रा परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका पदाधिकारीहरु एवं गोनपा १३ का महिला दिदीबहिनीहरुले सहभागिता जनाएका थिए ।




