| मङ्लबार, जेष्ठ २५, २०८३

सुधन गुरुङ पुन : गृहमन्त्रीमा नियुक्त

गोरखा क्षेत्र नं १ का सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा उनी पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएका हुन् ।

उनीसँगै म्याग्दीका सांसद महावीर पुन पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका छन् । सुधन गुरुङ र महावीर पुनलाई मंगलबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएका छन् ।

आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि ूनैतिकताको आधारू मा भन्दै गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। मन्त्री बनेको २७औँ दिनमा उनले राजीनामा दिएका थिए।

गुरुङको सम्पत्ति छानबिनबारे गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको केही दिनपछि प्रधानमन्त्री शाहले उनलाई फेरि गृहमन्त्रीमै फर्काउने निर्णय गरेका हुन्। प्रधानमन्त्रीको निर्णयभन्दा पहिलादेखि नै गुरुङलाई फेरि गृहमन्त्रीमा फर्काउन लागिएको चर्चा हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्