| बुधबार, साउन २६, २०८३

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघको हस्ताक्षर संकलन अभियान

सरकारको विभेदपूर्ण विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ गोरखाले हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो । संकलन गरिएको हस्ताक्षर सोमवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।

महासंघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले संकलित हस्ताक्षर बुझाउँदै प्रेसको संवैधानिक हकको रक्षाका निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि माग गरेको छ । माग सम्बोधनका लागि महासंघले केन्द्रदेखि नै दवावमूलक आन्दोलन घोषणा गरेको छ । जसअन्तरगत सोमवार हस्ताक्षर संकलन गरी बुझाइएको हो । जेठ २७ र २९ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको महासंघ गोरखाले जनाएको छ ।

सरकारी बिज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन गर्नुपर्ने भन्दै केही समयअघि सरकारले निर्णय गरेको थियो । उक्त निर्णयको बिरोध गर्दै महासंघले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको छ । माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्