| सोमवार, जेष्ठ २४, २०८३

छेवेटारमा महिलाहरुका लागि एड्भान्स बेकरी तालिम

गोरखा नगरपालिका १० छेवेटारमा महिलाहरुका लागि एडभान्स बेकरी तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा छेवेटारस्थित ह्वाइट हाउस क्याफेको प्राविधिक सहयोगमा १५ दिने एडभान्स बेकरी तालिम सम्पन्न भएको गोनपा १० की वडासदस्य साबित्रा पुलामी थापाले बताइन् ।

नगरपालिकाको उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम अन्तरगत एडभान्स बेकरी तालिम सम्पन्न भएको उनले जानकारी दिइन् । महिलाहरूमा सीप विकास गर्दै आत्मनिर्भर बनाउने उद्देश्यले तालिम संचालन गरेको उनको भनाइ छ । आइतबार एक कार्यक्रमका बीच एडभान्स बेकरी तालिम सम्पन्न भएको छ । तालिममा गोरखा नगरपालिका वडा नं १०, ११ र १२ नंबर वडाका ३० जनाले सहभागिता जनाएका थिए ।

गोरखा नगरपालिकाले गत वर्ष बेकरी सम्बन्धी आधारभूत तालिम संचालन गरेको थियो । सोही तालिमलाई निरन्तरता दिँदै यो वर्ष एडभान्स तालिम संचालन गरेको पालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्