| आइतवार, जेष्ठ २३, २०८३

पुन: गृहमन्त्रालय फर्कने सुधन गुरुङको संकेत

गोरखा क्षेत्र नं १ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुधन गुरुङले सम्पती छानबिनबाट सफाई पाउने संकेत गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पुनः गृह मन्त्रालयमा फर्कने सक्ने बताए ।
‘सम्पती छानबिन आयोगबाट सफाई पाइहालेको खण्डमा, म पूरानै जिम्मेवारी फर्किहाले पनि मलाई दुईमहिना समय दिन अनुरोध गर्दछु’, उनले भने, ‘त्यतिखेर यो फोटो खिच्ने र खादा लाउने, बधाई दिने काम नगरौँ । मन्त्रालय धाउने काम नगरौँ । दुईमहिनाको समय दिनु, त्यतिबेलासम्म म सबै कुरा स्थापित गर्दिन्छु । त्यसपछि पनि भएन भने, बाबु तिमिले बोलेको भएन भनिदिनुहोस् । म तपाईहरुको छोरा जस्तो हो ।’
गुरुङले आफ्नो धरातल नर्बिसिएको भन्दै आफूले ठूलो नेताले जस्तो रबाफ नदेखाएको बताएका छन् । उनी भन्छन्, ‘तपाईहरुसँग हात जोडेर चुनाव जितेपछि कमाएको इज्जत म फाल्दिन । यो मेरो बाचा हो ।’

प्रतिक्रिया दिनुहोस्