| आइतवार, जेष्ठ २३, २०८३

राप्रप्रा गोरखाको अध्यक्षमा रमेशरमण खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाको अध्यक्षमा रमेशरमण खनाल निर्वाचित भएका छन् । पार्टीको शुक्रबार भएको ११ औँ जिल्ला अधिवेशनले खनालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको सदस्यहरुमा हरिराम अर्याल, सन्तोषराज भण्डारी, इन्द्रबहादुर थापा, मदराज घिमिरे, उत्तम प्रताप राणा, रामकुमार खड्का, अम्बिका रुपाखेती, झलकबहादुर श्रेष्ठ, नारायणबहादुर अर्याल, टिका कुमारी खड्का, राममाया केसी, राधिका कुमाल, सम्झना लामिछाने, होमबहादुर खत्री, शोभा बस्नेत, गोबिन्द बहादुर श्रेष्ठ, पुजन पोखरेल र इश्वरबहादुर बस्नेत रहेको राप्रपा गोरखाले जनाएको छ ।
राप्रपाको जिल्ला कार्यसमितिमा ३१ सदस्य हुनुपर्ने प्रावधान रहेको छ । १९ जना निर्वाचित सदस्यहरु बाहेकको पदाधिकारीहरु जिल्ला अध्यक्षले नियुक्त गर्नुपर्ने राप्रपा गोरखाका नवनिर्वाचित अध्यक्ष रमेशरमण खनालले बताएका छन् । ‘बाँकीको पदाधिकारीहरु नियुक्त गर्ने जिम्मेवारी मेरो (अध्यक्षको) हुन्छ । निर्वाचन गराएर अथावा स्वतस्फूर्त रुपमा पदाधिकारी नियुक्त गर्न सकिन्छ’, उनले भने ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्