| आइतवार, जेष्ठ १६, २०८३

निशुल्क मुटु स्वास्थ्य शिविर सुरु

जिल्लामा निशुल्क मुटु स्वास्थ्य शिविर सुरु भएको छ । प्रदेश अस्पताल गोरखा र सिरानचोक गाउँपालिकाको गाँखु स्वास्थ्य चौकीमा शनिवारबाट एक साथ शिविर संचालन भएको हो ।

सम्भव नेपालको आयोजना, रोटरी क्लब अफ गोरखाको सहकार्य र सेभ द हर्ट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा भएको शिविरमा एकै दिन ६ सय भन्दा बढीले सेवा लिएका छन् ।

प्रदेश अस्पताल गोरखामा करिव चार सय र गाँखु स्वास्थ्यचौकीमा करिव तीन सय जनाले मुटु जाँच गराएको आयोजकले जनाएको छ । आवश्यकता अनुसार उनीहरुको इसिजि र इको गरिएको बताइएको छ । आजसम्म चल्ने शिविरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको चिकित्सक टोलिले सेवा दिने छन् ।

प्रतिक्रिया दिनुहोस्