| बिहिबार, अशोज ७, २०८३

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सहिदलखनद्वारा सम्मान

भर्खरै भएको एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उच्च सिकाइ उपलब्ध हाँसिल गर्ने शिक्षकहरुलाई सहिद लखन गाउँपालिकाले सम्मान गरेको छ ।

एसईईमा ३.६ भन्दा धेरै जिपिए प्राप्त गर्ने ६ जना विद्यार्थी र आधारभूत तह परीक्षा(बिएलई)मा पनि ३.६ जिपिए कटाउने १४ जना विद्यार्थीलाई सम्मान गरेको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।
त्यसैगरी एसईईमा उच्च सिकाइ उपलब्धी हाँसिल गर्ने पाँच शिक्षक र बिएलईमा उच्च सिकाइ उपलब्धी हाँसिल गर्ने ७ जना शिक्षकलाई सम्मान गरिएको उनले बताए ।

स्तर मापन परीक्षामा पनि उच्च सिकाइ उपलब्धी हासिल गर्ने ६ जना शिक्षक र एसईई र बिएलईमा सतप्रतिशत विद्यार्थी उतीर्ण गराउने ८९ जना शिक्षकलाई सम्मानित गरिएको शिक्षा शाखा प्रमुख खनालको भनाइ छ ।

शनिबार आयोजित एक कार्यक्रममा सबै शीर्षकका गरेर १२७ जनालाई सम्मान गरेको उनले बताए । ‘हामीले हरेक बर्ष एसईईको नतिजा आएको केही दिनभित्रै उत्कृष्ट नतिजा देखाउने शिक्षक र विद्यार्थीलाई सम्मानित गर्ने गरेका छौँ’, उनले भने, ‘यसले शिक्षक र विद्यार्थी सबैमा हौसला र प्रेरणा मिलेको हामीले पाएका छौँ ।’

गाउँपालिकाका सबै वडाहरुमा असल अभिभावक कसरी हुने भन्ने बारे व्रह्मकुमारी राजयोग ईश्वरीय विश्वविद्यालयका प्रशिक्षकहरु आमन्त्रण गरी तालिम दिन सुरु गरेको पनि उनले बताए । हाल वडा नं. ७ र ८ मा यस्तो कार्यक्रम चलिरहेको उनले बताए । अबको चार दिनसम्म अभिभावकहरुलाई असल अभ्यास सिकाउने शिक्षा शाखा प्रमुख खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्