| सोमवार, जेष्ठ १०, २०८३

रास्वपाको पालुङ्टार नगर अधिवेशनबाट पाण्डेको नेतृत्वमा नगर समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न प्रथम नगरअधिवेशनले आनन्दराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नगरकार्य समितिको सभापति, उपसभापति, सचिव र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार मतदान भएको थियो ।

मतदानबाट सभापतिका प्रतिस्पर्धी दुईजनामध्य १ मतले पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले १०१ मत प्राप्त गरेका थिए भने प्रेम गुरुङले एकसय मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा निर्मला मल्ल निर्वाचित भएकी छिन् । प्रतिस्पर्धी निलम शर्मालाई २५ मतले पछि पार्दै मल्लले १११ मत प्राप्त गरी विजयी भएकी हुन् । त्यस्तै सचिवमा लक्ष्मण गिरी विजयी भएका छन् । ६६ मत प्राप्त गरेका प्रतिस्पर्धी शम्भु कौडाललाई पराजित गर्दै १२६ मत ल्याएर गिरी विजयी भएका हुन् । समितिको सहसचिवमा भरत गुरुङ निर्विरोध चयन भएका छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १२० मत प्राप्त गरी शारदा पराजुली र ८४ मत प्राप्त गरी सुनील देवकोटा विजयी भएका छन् ।

पालुङ्टार नगरपालिकाबाट प्रदेश प्रतिनिधिमा कमला कालाखेती र दीपक गिरी चयन भएका छन् भने जिल्ला अधिवेशन प्रतिनिधिमा दुई जना पछि थप्ने गरी मीनबहादुर बानियाँ र पदमबहादुर पाण्डे निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्