
गोरखामा विद्युत सेवा सुचारु अनिश्चित
गोरखामा विद्युत सेवा कहिलेदेखि सुचारु हुने भन्ने बिषय अनिश्चित रहेको छ । गोरखामा विद्युत प्रशारण गर्ने मार्किचोक सव–स्टेशनको पावर ट्रान्सफर्मरमा देखिएको समस्या अझै समाधान नभएकाले कहिलेबाट सेवा सुचारु हुन्छ भन्ने निश्चित नभएको गोरखा वितरण केन्द्रले जनाएको छ ।
अहिले दमौली सव–स्टेशनबाट प्रशारण गरेर अल्पकालीन समाधान गरिएको केन्द्रको भनाइ छ । दमौली वितरण केन्द्रबाट ल्याएको प्रशारण लाइनको क्षेत्र धेरै भएकाले ‘ट्रिप’ लिएको र झ्यापझ्याप लाइन गइरहने भइरहेको गोरखा वितरण केन्द्रको भनाइ छ ।
मार्किचोक सवस्टेशनको पावर ट्रान्सफर्मर नबनेसम्म यही अबस्था जारी रहने बताइएको छ । कहिले बन्छ भन्ने बारे अनुमान गर्न नसकिएको गोरखा वितरण केन्द्रको भनाइ छ ।




