| बुधबार, जेष्ठ ५, २०८३

पालुङ्टारको बेरुजु सबैभन्दा धेरै, बारपाक सुलिकोटको कम

यसपटक पालुङ्टार नगरपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गत जेठ १ गते प्रकाशित गरेको ६३ औं प्रतिवेदनले गोरखाका ११ मध्य पालुङटारको बेरुजु सबैभन्दा धेरै २.९४ प्रतिशत देखाएको हो ।
प्रतिवेदनमा ११ वटै पालिकामध्य सबैभन्दा कम बेरुजु बारपाक सुलिकोट गाउँपालिकाको देखिएको छ । महालेखाले आर्थिक बर्ष २०८१÷०८२ को सो पालिकाको एक अर्ब ४२ करोड ६ लाख ४२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा चार करोड १७ लाख ५० हजार रुपैयाँ बेरुजु देखाएको हो ।

त्यस्तै दोस्रो धेरै बेरुजु सिरानचोक गाउँपालिकाको रहेको पाइएको छ । महालेखाले सो पालिकाको बजेट एक अर्ब नौ करोड रुपैयाँको लेखा परीक्षण गर्दा दुई करोड ५६ लाख अर्थात कूल बजेटको २.३६ प्रतिशत बेरुजु देखाएको छ ।

तेस्रो धेरै रकम अजिरकोट गाउँपालिकाको बेरुजु देखिएको छ । महालेखाले सो पालिकाको ७७ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण गर्दा एक करोड ३८ लाख १३ हजार अर्थात कूल बजेटको १.७८ प्रतिशत रकम बेरुजु भएको देखिएको छ ।

गण्डकी गाउँपालिकाको बजेट पनि चौथो धेरै बेरुजु हुनेमा देखिएको छ । लेखा परीक्षण गरिएको एक अर्ब ११ करोड २९ लाख रुपैयाँमध्य महालेखाले एक करोड १ लाख ४२ हजार अर्थात कूल बजेटको ०.९१ प्रतिशत बेरुजु देखिएको छ ।

आरुघाट गाउँपालिकाको बजेट पनि धेरै बेरुजु हुनेमा देखिएको छ । महालेखाले एक अर्ब २८ करोड ९० रुपैयाँको लेखा परीक्षण गरेकोमा ८२ लाख ३७ हजार रुपैयाँ अर्थात कूल बजेटको ०.६४ प्रतिशत बेरुजु भएको देखिएको छ ।

त्यस्तै गोरखा नगरपालिकाको कूल बजेटको ०.६२ प्रतिशत रकम बेरुजु भएको महालेखाले औंल्याएको छ । लेखा परीक्षण गरिएको कूल बजेट दुई अर्ब ११ करोड १० रुपैयाँ बजेटमध्य एक करोड २९ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

धार्चे गाउँपालिकाको कूल बजेटको ०.६ प्रतिशत खर्च महालेखाले लेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ । लेखा परीक्षण गरेको ९५ करोड ६० लाख ९४ हजार रुपैयाँमध्य ५७ लाख २३ हजार अर्थात ०.६ प्रतिशत रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

सहिद लखनभीमसेन थापा गाउँपालिका दुवैको बराबर अर्थात ०.४३ प्रतिशत खर्च रकम बेरुजु देखिएको छ । सहिद लखनको लेखा परीक्षण गरिएको एक अर्ब ४९ करोड ९६ लाख रुपैयाँमध्य ६४ लाख १३ हजार रुपैयाँ खर्चको बेरुजु देखिएको छ । भीमसेन थापाको लेखा परीक्षण भएको एक अर्ब एक करोड २४ लाख रुपैयाँमध्य ४३ लाख ३३ हजार खर्च बेरुजु देखिएको महालेखाले जनाएको छ ।

त्यस्तै चुमनुब्री गाउँपालिकाको पनि ०.४२ प्रतिशत खर्च बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको कूल ६१ करोड ४८ लाख ८० हजार रुपैयाँमध्य २५ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बारपाक सुलिकोटको ०.३९ प्रतिशत खर्च बेरुजु देखिएको छ । महालेखाले लेखा परीक्षण गरेको कूल एक अर्ब १३ करोड ४१ लाख रुपैयाँमध्य ४४ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्