
जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न
बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।
गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन संचालन भएको उम्त तालिममा कानुन निर्माण प्रक्रिया, व्यवसाय, संघ संस्था दर्ता प्रक्रिया, कार्यालयको टिप्पणी तथा प्रतिवेदन लेखन लगायतका विषयमा प्रस्तुतीकरण भएको पालिकाका इन्जिनियर मेघन यादवले बताए । संघीय सरकारका निवर्तमान कानुन सचिव राजीव गौतमले उक्त प्रस्तुतीकरण दिएको उनले जानकारी दिए ।
तालिममा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मंन्त्रालयका सचिव नवराज शार्माले सार्वजनिक खरिद ऐन तथा आर्थिक कार्य विधिमा भएको व्यवस्था सम्बन्धी परामर्श सेवा, विधुतीय बोलपत्र प्रणाली सम्बन्धी, बोलपत्र मूल्यांकन तथा स्वीकृत सम्बन्धी, भेरिएशन, नापी किताव, कर तथा भूक्तानी प्रक्रिया लगायतको विषयमा प्रस्तुतीकरण दिएका यादवको भनाई छ ।




