
वनमन्त्री गुरुङद्वारा वन डिभिजनको अनुगमन
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङले डिभिजनल वन कार्यालय गोरखाको अनुगमन गरेका छन् । बुधबार मन्त्री गुरुङले कार्यालयले सम्पादन गरेको विभिन्न कार्यक्रमहरुको अनुगमन एवं निरीक्षण गरेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
उनका अनुसार मन्त्री गुरुङले गोरखा नगरपालिका वडा नं ९ शिखरको लक्ष्मी महिला सामुदायिक वनले संचालन गरेको सिताके च्याउ खेती अनुगमन गरेका थिए । यस्तै, सहिदलखन गाउँपालिकाको रामलक्ष्मण सामुदायिक वनमा मिचाहा प्रजाति तथा वनमा रहेका प्रज्वलनशील पदार्थबाट मल उत्पादन कार्यक्रमको अनुगमन भएको उनले जानकारी दिए ।
वनमन्त्री गुरुङले विभिन्न ठाउँमा संचालित सोलार फन्सिङ सम्बन्धी कार्यक्रमहरुको पनि स्थलगत अनुगमन गरेका थिए । यस्तै, उनले आवश्यक सुझाव समेत दिएका डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।




