
बेनिघाट आरुघाट लार्के सडकको नौली खोलाखण्ड दुईदिन बन्द रहने
उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट आरुघाट लार्के सडकको नौली खोला खण्ड दुईदिन बन्द हुने भएको छ । धार्चे गाउँपालिका वडा नं ७ अन्तरगत पर्ने नौलीखोलामा मोटरेबल पुल निर्माणको काम संचालन भैरहेकाले दुईदिन सडक बन्द रहने गाउँपालिकाले जनाएको छ ।
यही जेठ १ र २ गते सडक बन्द रहने गाउँपालिकाको सूचनामा उल्लेख छ । ‘नौली खोलाको निर्माणधीन मोटरेबल पुलमा ढुङ्गा माटो फिलिङ गरी निर्माण गर्नका लागि सडक पूर्ण रुपमा बन्द रहने छ’, गाउँपालिकाको सूचनामा भनिएको छ । दुईपाङ्ग्रे लगायत सबै सवारी साधन आवतजावत बन्द हुने उल्लेख छ ।




