| आइतवार, बैशाख २६, २०८३

गोरखामा मनाइयो मनास्लुको हीरक महोत्सव

गोरखामा मनाइयो मनास्लुको हीरक महोत्सव शिव उप्रेती गोरखा स् मनास्लु हिमाल पहिलो पटक आरोहणको अवसरमा गोरखामा हीरक जयन्ती मनाइएको छ । ८१६३ मिटर अग्लो मनास्लु हिमाल अवस्थित चुमनुब्री गाउँपालिका १ सामागाउँमा हीरक जयन्ती मनाइएको हो । चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना९एमक्याप०, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोएशन९टान० लगायतका संस्थाहरुको सहआयोजनामा हीरक जयन्ती मनाइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्घाटन गरेका हुन् । सो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे तथा गाउँपालिकाका प्रमुख निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भोटेलामा समुदायको सास्कृतिक सेर्का नाच तथा अन्य साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो । विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ मा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्