
गोरखा बजारको एक्स्ट्रिम गेट भत्काइयो
चौतर्फी विरोधपछि गोरखा बजारभित्रको सडकमा निर्माण गरिएको एक्स्ट्रिम गेट भत्काइएको छ ।
बिनाअनुमति सडकको क्षेत्रमा निर्माण गरिएको गेट सोमबार बिहान प्रहरीले हटाएको हो । रोट महोत्सवको नाममा एक्स्ट्रिम कम्पनीले आफ्नो उत्पादनको विज्ञापन गेट निर्माण गरेको थियो ।
बिना अनुमति, सडक क्षेत्र मिचेर गेट बनाएपछि स्थानीय टोलबासीहरुले आलोचना र बिरोध गरेका थिए ।




