| शुक्रबार, बैशाख १७, २०८३

आजदेखि माछिखोलामा ढुवानी अनुदानको नुन बिक्री हुने

सरकारले ढुवानी अनुदानमा उपलब्ध गराएको नून शुक्रबार(आज)देखि माछाखोलामा विक्री बितरण हुने भएको छ । दुर्गम भेगका बासिन्दाका लागि सरकारले उपलब्ध गराउदै आएको नून आजदेखि धार्चे गाउँपालिकाको केन्द्र माछिखोला बगरमा बिक्री वितरण हुने गाउँपालिकाले जनाएको छ । माछिखोलास्थित हाटबजारमा सहुलियतमा नुन बिक्री वितरण हुने पालिकाले सार्वजनिक सूचना जारी गरी जनाएको हो ।

माछिखोला हाटबजारमा सहुलियतको नुन बिक्री वितरण गर्नका लागि धौलागिरी कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले साल्ट टे«डिङ कर्पोरेशनसँग सम्झौँता गरेको पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । कर्पोरेशनले गाउँपालिकाको विकटतालाई मध्यनजर गर्दै हरेक वर्ष ४५० क्वीन्टल नुन ढुवानी अनुदान कोटा वितरण गर्दै आएको गुरुङले जानकारी दिए । सोही निशुल्क ढुवानी अनुदान कोटा बापत यस वर्षका लागि आएको नुन धौलागिरी कालिका कन्स्ट्रक्सनमार्फत बिक्री गर्ने सम्झौँता भएको उनको भनाइ छ ।

गुरुङका अनुसार कालिकाले साल्ट टे«डिङ कर्पोरेशनको आधिकारिक बिक्री मूल्य रु २६ प्रतिकेजीमा नै गाउँपालिकाबासीलाई नुन उपलब्ध गराउने भएको छ । ‘नुनमा गाउँपालिकाको कुनै पनि आर्थिक सहभागिता/अनुदान छैन । साल्ट टे«डिङ कर्पोरेशनको ढुवानी खर्च मात्र निशुल्क अनुदान बापतको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्