| बिहिबार, बैशाख १६, २०८३

पूर्व सांसद राजेन्द्र बजगाईँद्वारा कांग्रेस परित्यागको घोषणा

नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र बजगाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

कांग्रेसबाट यसअघिको कार्यकालका प्रतिनिधिसभा सदस्यसमेत रहेका बजगाईँले आइतबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’मा आफूले कांग्रेस परित्याग गरेको उल्लेख गरेका हुन् ।

सीमित व्यक्तिहरु कांग्रेस पार्टी कब्जा गर्ने अभियानमा लागेकाले आफू सो पार्टीमा नबस्ने निर्णय गरेको बजगाईँले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्