| बिहिबार, बैशाख १६, २०८३

कांग्रेस महाधिवेशन प्रतिनिधि काप्रीद्वारा पार्टी परित्याग


नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य वेदप्रसाद काप्रीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनुको साँटो समाज र परिवारभित्रै विभाजन बढाएको र अग्रजले स्थापित गरेको कांग्रेसको मान्यता भत्काएको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन् ।

प्रेस वक्तव्य जारी गर्दै उनले अब कांग्रेसको सक्रिय सदस्य नविकरण नगर्ने र कुनै पनि संरचनामा आफूलाई नराख्न तथा पत्राचार र निर्देशन नपठाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्