| सोमवार, कार्तिक २३, २०८३

मसेलमा संचालित सप्ताह ज्ञान महायज्ञ सम्पन्न

चैते दशैको अवसर पारेर भीमसेन थापा गाउँपालिका–१ मसेलमा संचालित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । सात दिनसम्म संचालित महायज्ञमा दश लाखभन्दा बढी रकम संकलन भएको छ । मसेलस्थित ठुलोपोखरी अर्धनागेश्वर महादेव शिवशक्ति मन्दिर संचालन, पुजा व्यवस्थापन एवं धर्मशाला शत्तल निर्माण गर्ने उदेश्यले महायज्ञ लगाइएको थियो ।

महायज्ञमा भक्तजनहरुले गक्षअनुसारको दान गरेर धर्मशाला सत्तल निर्माणमा सहयोग पु¥याएको ठुलोपोखरी अर्धनागेश्वर महादेव, शिवशक्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ भट्टले बताए । संकलित रकमबाट उक्त मन्दिरमा पूजापाठ गर्दा राखनधरन गर्ने ठाउँ नभएकाले चारकोठे धर्मशाला सत्तल निमार्ण गर्नुपर्ने उनले जानकारी दिए ।

चैत ११ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको महायज्ञमा पण्डित दिपकप्रसाद पौडेलले कथावाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्