
सुधन गुरुङको चुनाव खर्च २१ लाख ८६ हजार
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का गोरखा १ का सांसद सुधन गुरूङले चुनावमा २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् ।
उनले सबैभन्दा धेरै यातायात इन्धनमा सातलाख ८६ हजार खर्च भएको उल्लेख गरेका छन् । त्यस्तै प्रचारप्रसार सामग्रीका लागि खर्च गरेको उल्लेख गरेका छन् । प्रचारप्रसार सामग्रीका लागि ५ लाख ५२ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको उनले विवरण पेस गरेका छन् ।
खाना, खाजा तथा अस्थायी बसोबासमा ५ लाख, गोष्ठी, भेलामा डेढलाख, मिडियामा एकलाख २४ हजार, मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र छपाइमा ५० हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।
सुधन नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई हराउँदै फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका थिए ।
उनले सांसद भएबापतको सेवासुविधा नलिने घोषणा पनि गरेका छन् ।




