
गोरखामा बर्षौँपछि यस पटक माओवादीलाई उछिन्यो कांग्रेसले
यस पटकको निर्वाचनमा गोरखाको प्रमुख दलहरुले पाएको मत विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुराना मुख्य दलहरुको भन्दा दोब्बर, तेब्बर धेरै मत प्राप्त गरेको तथ्यांकले देखाएको छ । समानुपातिकतर्फको मत विश्लेषण गर्दा रास्वपाले जिल्लाका दुवै क्षेत्रमा गरी कूल ५८ हजार ५५२ (४९.६ प्रतिशत) मत प्राप्त ग¥यो । रास्वपाले क्षेत्र नं. १ मा ३० हजार ८४८ र २ मा २७ हजार ७०४ मत प्राप्त गरेको हो ।
त्यस्तै दुवै क्षेत्रमा गरी कांग्रेसले २४ हजार ५१६ (२०.७ प्रतिशत) मत प्राप्त ग¥यो । क्षेत्र नं. १ मा १४ हजार १६९ मत प्राप्त ग¥यो भने २ मा १० हजार ३४७ मत प्राप्त गरेको हो । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले हालैको निर्वाचनमा दुवै क्षेत्रमा गरी कूल २० हजार ९५३ (१७.७ प्रतिशत) मत प्राप्त ग¥यो । क्षेत्र नं. १ मा १० हजार ७०१ र क्षेत्र नं. २ मा १० हजार २५२ मत पाएको हो ।
नेकपा एमालेले यो चुनावमा दुवै क्षेत्रमा गरी जम्मा ६ हजार ७२० (५.६९ प्रतिशत) मत प्राप्त ग¥यो । जसमध्य क्षेत्र नं. १ मा ३ हजार ७७९ र २ मा २ हजार ९४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । मत परिणामको विश्लेषण गर्दा त्यतिमात्र देखिएन, छेउकुनाका अरु दृश्य पनि देखिए । बिगत १८ बर्षयताको मत विश्लेषण गर्दा यसपटक नेपाली कांग्रेसले नेपाली कम्युनिष्ट पार्टीलाई उछिनेको छ ।
पछिल्लो दुई निर्वाचनको मत विश्लेषण गर्दा २०७९ को निर्वाचनमा नेकपा(तत्कालीन माओवादी)ले ३७ हजार ४७१ मत प्राप्त गरेको थियो । त्यतिबेला कांग्रेसले जम्मा २७,१५३ मत मात्र प्राप्त गरेको थियो । अहिले २० हजार ९५३ मत प्राप्त ग¥यो भने कांग्रेसले माओवादीको भन्दा धेरै २४ हजार ५१६ मत प्राप्त ग¥यो । बिगतमा १० हजार कम मत ल्याएको कांग्रेसले अहिले नेकपा(तत्कालीन माओवादी)को भन्दा तीनहजार ५६३ बढि मत ल्याएको देखियो ।
२०६४ र २०७० सालको संविधान सभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसको भन्दा हाल नेकपा भनेर चिनिने तत्कालीन नेकपा माओवादीले धेरै मत प्राप्त गरेको थियो । २०६४ मा तर १८ बर्षपछि कांग्रेसले माओवादी(हालको नेकपा)लाई यो चुनावमा गोरखाको दुवै क्षेत्रमा उछिनेको छ ।




