| सोमवार, कार्तिक २३, २०८३

मनकामनाबाट फर्कदै गरेको ईभी भ्यान दुर्घटना हुँदा ७ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी भ्यान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार थिए। प्रहरीका अनुसार ७ जनाको घटनास्थलमै मृत्यु भएको हो। अन्य ७ जना उपचाररत छन् ।

प्रहरीका अनुसार यो शनिवार राती १० बजेसम्मको अपडेट हो । थप विवरण आउन बाँकी रहेको बताइएको छ । मृतकहरू सबै भारतीय रहेको बताइएको छ । घाइतेहरुको प्रहरी र स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्