| आइतवार, जेष्ठ १६, २०८३

हरिराज अधिकारीको निर्वाचन खर्च २३ लाख २१ हजार

गोरखा क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाव लडेका हरीराज अधिकारीले निर्वाचनमा २३ लाख २१ हजार रुपैयाँ खर्च गरेको विवरण आयोगमा बुझाएका छन् । अधिकारीले बुझाएको विवरणमा सबैभन्दा धेरै प्रतिनिधि परिचालन शीर्षकमा खर्च भएको उल्लेख छ ।

उनले प्रतिनिधि परिचालन शीर्षकमा मात्र रु ९ लाख रुपैँया खर्च गरेका छन् । अधिकारीले प्रचारप्रसार सामाग्री खरिदमा ५ लाख २० हजार रुपैँया खर्च गरेका छन् । यस्तै, उनले सवारी साधन भाडामा ३ लाख ८० हजार रुपैँया खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

यसैगरी, गोष्ठी तथा अन्तरक्रियामा शीर्षकमा १ लाख ५० हजार रुपैँया खर्च भएको उल्लेख छ । विज्ञापन तर्फ भने रु ८० हजार खर्च भएको उनको विवरणमा उल्लेख छ । कार्यालय सञ्चालनतर्फ भने २ लाख ८६ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्