| आइतवार, जेष्ठ १६, २०८३

प्रकाश दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार

गोरखा क्षेत्र नं २ मा नेपाली काङग्रेसको तर्फबाट चुनाव लडेका प्रकाशचन्द्र दवाडीले निर्वाचनमा २२ लाख ५५ हजार ७२५ रुपैँया खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । दवाडीले बुझाएको विवरणमा सबैभन्दा धेरै सवारी साधन तथा इन्धन खर्चमा भएको उल्लेख छ ।

उनले उक्त शीर्षकमा ८ लाख ८३ हजार १० रुपैँया खर्च गरेका छन् । यस्तै, उनले प्रचारप्रसार सामग्री खर्च अन्तरगत मतदाता नामावली प्रिन्ट, प्रतिबद्धतापत्र प्रिन्ट, ब्यानर, नमुना मतपत्र, झण्डामा दुई लाख ६७ हजार रुपैँया खर्च भएको जनाएका छन् ।
मिडिया खर्चअन्तरगत रेडियो, पत्रपत्रिका तथा अनलाइनमा विज्ञापन प्रकाशन, फोटो, भिडियो, ग्राफिक्स, जिंगल डिजाइनमा दुईलाख २५ हजार रुपैँया खर्च भएको विवरणमा उल्लेख छ । भेला तथा गोष्ठी शीर्षकमा ७ लाख ५ हजार रुपैँया खर्च भएको उल्लेख छ ।

उनको निर्वाचन खर्च विवरणमा सचिवालय खर्चअन्तरगत ३८ वडा कार्यालयको भाडा, बिजुली, टेलीफोन, इन्टरनेट र स्टेशनरी शीर्षकमा तीनलाख ८० हजार २० रुपैँया खर्च भएको उल्लेख छ । दवाडीले निर्वाचन अवधिका लागी ३८ वटा वडा सम्पर्क कार्यालय संचालन गरेका थिए । आफूले प्रति वडा कार्यालय रु १० हजार रुपैँया खर्च गरेको उनले जनाएका छन् ।

यस्तै, घरदैलो, खाना तथा खाजा शीर्षकमा एकलाख ५६ हजार, कोणसभामा दुईलाख २० हजार र अन्य विविध खर्च शीर्षकमा सातहजार ५९० रुपैँया खर्च भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्