
गोरखा २ मा रास्वपाको अग्रता कायमै
गोरखा क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । बेलुका ९ः३० सम्मको मतपरिणाम अनुसार रास्वपाका महामन्त्रीसमेत रहेका कवीन्द्र बुर्लाकोटीले ३४२९ मतका साथ अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ८४९ र नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपानेले ८४७ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा अहिलेसम्म एमालेका मिलन गुरुङले ३१३ मत प्राप्त गरेका छन् । अहिले गोरखा नगरपालिकाको मतगणना भइरहेको छ ।




