| शुक्रबार, अशोज १५, २०८३

गोरखा–२ मा रास्वपाको अग्रता

गोरखा–२ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले फराकिलो मतान्तरले अग्रता लिएका छन् । कुल २ हजार ६१६ मत गणना हुदाँ उनले १ हजार ५७१ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याउँदै गरेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का लेखनाथ न्यौपानेले ४०९ मत ल्याएका छन् । कांग्रेसका प्रकाशचन्द्र दुवाडीको ३६१ मत आएको छ । एमालेका मिलन गुरुङले भने ११० मत प्राप्त गरेका छन् ।

गोरखा नगरपालिकाको वडाबाट मत गणना सुरु गरिएको हो ।

हालसम्म वडा नम्वर ११ र १२ को मतगणना भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्