| आइतवार, जेष्ठ १६, २०८३

गोरखा कारागारमा शतप्रतिशत कैदीवन्दीले गरे मतदान

जिल्ला कारागार गोरखामा रहेको अस्थायी मतदान केन्द्रमा शत प्रतिशत कैदीवन्दीले मतदान गरेका छन् । मतदाता नामावली भएका २७ जना सबैले समानुपातिक तर्फ मतदान गरेको मतदान अधिकृत पवित्रा बुर्लाकोटीले बताइन् ।

‘४० जनाको नामावली मध्ये २७ जना कैदीवन्दी र बाँकी कर्मचारी हो,’ उनले भनिन्, ‘कैदीवन्दी सबै र दुई जना कर्मचारीले मतदान गर्नुभयो ।’

बाँकी कर्मचारी भने निर्वाचनका लागि अन्यत्र खटिएकाले आउने सम्भावना कम देखिएको उनले जानकारी दिइन् ।

सदरमुकामबाट टाढा खटिनुभएकाले आउने सम्भावना न्यून छ, तर पनि साँझ ५ बजेसम्म हामी बस्छौ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्