
गोरखामा शंकास्पद वस्तु फेला
सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ ।
सडक छेउको रुख नजिकै टेपले बेरेको व्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
‘करिव दुई बजेतिर हामीलाई खवर आयो,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘हाम्रो प्रहरी टोली र सेना त्यो ठाउँमा पुगिसकेको छ ।’




