| बिहिबार, अशोज ७, २०८३

बालमन्दिर माविका अनाथ बालबालिकालाई खाद्यान्न प्रदान

शम्भुराज, कुलकुमारी पाण्डे दम्पतीले गोरखा सदरमुकामको बालमन्दिर माविका अनाथ बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् । पालुङ्टार नगरपालिका १ खोप्लाङका पाण्डे दम्पतीले मंगलबार सो विद्यालयको अनाथ आश्रममा बसेर पढ्ने बालबालिकाहरुका लागि खाद्य सामग्री प्रदान गरेका हुन् ।

पाण्डे दम्पतीका छोरा, बुहारी भार्गवबाबु पाण्डे तथा साधना त्रिपाठीले विद्यालयका सहायक प्रधानाध्यापक कल्पना पोखरेललाई मंगलबार विद्यालयमा सो सामग्री हस्तान्तरण गरेका थिए ।

‘बुबा आमाले विगत धेरै बर्षदेखि बालमन्दिर माविको अनाथ आश्रममा बस्ने बालबालिकालाई चामल, नून, तेल, दाललगायतका खाद्य सामग्री दिँदै आउनु भएको थियो । यसबर्ष पनि त्यसकै निरन्तरता हो’, खाद्य सामग्री हस्तान्तरण गर्दै भार्गवबाबु पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस्