| शनिबार, अशोज १६, २०८३

उत्तरी गोरखामा फोन र नेट दुबै सुचारु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ र ७ चुम उपत्यकामा केही दिनदेखि अवरुद्ध मोबाइल र इन्टरनेट सेवा सुचारु भएको छ । नेपाल टेलिकमको गोरखास्थित कार्यालयले प्राविधिक समस्या समाधान गरेपछि शनिबारदेखि फोन र नेट दुबै सुचारु भएको टेलिकम गोरखाका सन्दीप ढकालले जानकारी दिए ।

‘उत्तरी गोरखातर्फ लिङ्क गराउने केरौंजा रिपिटर टावरको रेडियो लिङ्क डिफाइस मर्मत गरेपछि फोन र नेट दुबै सुचारु भएको छ’, उनले भने ।

यसअघि केहीदिन अघिदेखि चुमनुब्री ६ र ७ चुम्चेत र छेकम्पारमा मोबाइल फोन र एनटिसीको फोरजी सेवा अवरुद्ध भएको थियो । नुब्रीतर्फ फोन सेवा चले पनि एनटिसी फोरजी सेवा बन्द रहेको थियो ।

सञ्चार सम्पर्क सुचारु भएपछि त्यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्