| बुधबार, असार ९, २०८३

न्याउलीखोला पुल चारदिन बन्द हुने

उत्तरी गोरखाको बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउली खोला पुल चार दिनका लागी बन्द हुने भएको छ । यही फागुन ७ गतेदेखि १० गतेसम्म बाटो बन्द रहने गाउँपालिकाले एक सूचनामार्फत जनाएको छ ।
न्याउली खोला झरनामा मोटोरेबल पुल निर्माण गनुपर्ने भएकाले बाटो बन्द रहने पालिकाको भनाई छ । ‘उक्त समय अवधिभर चार पाङ्ग्रे सवारी र हेब्बी सवारीसाधानको आवतजावत पूर्ण रुपमा बन्द हुने यसै सूचनासाथ जानकारी गराइन्छ’, पालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्