
शहिद लखनमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
युएन नेपाल गोरखाले शहिद लखन गाउँपालिकासंगको साझेदारी एवं पिइएण्डडी फ्रान्सको आर्थिक सहयोग संचालन गरेको प्रारम्भिक बाल विकास कार्यक्रमको परियोजना सल्लाहकार समितिको बैठक शहिद लखन गाउँपालिकामा सम्पन्न भएको छ ।
युएन नेपाल गोरखाले विगत २ वर्षदेखि पालिकामा सम्पन्न गरेको विभिन्न क्रियाकलापहरु बाल विकास सहजकर्तालाई ५ दिने सहजीकरण सीप विकास तालिम, सहजीकरण सीप विकासको पुनर्ताजकी तालिम, सामाजिक परिचालक तथा सहजकर्ता मार्फत स्थानीय सामग्री निर्माण कार्यशाला सम्पन्न गरेको बताएको छ ।
साथै एकिकृत प्रारम्भिक बाल विकास सम्बन्धी कार्यशाला तथा योजना निर्माण, शिक्षकहरुलाई बालमनोविज्ञान सम्बन्धि तालिम, अभिभावक शिक्षा, वि.व्य.स., शि.अ.संघ तथा स्थानीय सरोकारवालाहरुसंग प्रारम्भिक बाल विकास सम्वन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु सम्पन्न भएको समेत जानकारी गरेको छ ।
परियोजना अन्तरगत शैक्षिक सामग्री निर्माणको लागि सामग्रीहरुको सहयोग, बालबिकास कोषको स्थापनाको लागि प्रतिविद्यालय रु २५ हजार सहयोग, खेल सामग्रीहरु सहयोग, कक्षा कोठा व्यवस्थापनमा काम समेत सम्पन्न भएको छलफलमा जानकारी गराइयो । कार्यक्रमले ५८ जना बाल कक्षाको शिक्षकहरुले विभिन्न विषयमा तालिम प्रदान गरी क्षमता विकासका सहयोग गरेको, विद्यालययमा विभिन्न शैक्षिक सामग्रीहरुको प्रयोग तथा खेलको माध्यमवाट सिकाई गतिविधि संचालन हुन थालेको छ ।
बालकक्षाको शिक्षकहरु ५ बाल विकासको तत्वहरु र ६ सिकाई कुनामा आधारित भई शैक्षिक सामग्री निर्माण गर्ने सीपको विकास भएको छ । साथै १००० भन्दा बढि बालकक्षाको नानीबाबुहरु लाभान्वित भएको जानकारी गरियो । साथै कक्षाकोठा व्यवस्थाप, विभिन्न तालिमहरुले बालकक्षाको सिकाई वातावरणमा धेरै प्रगति आएको सहभागिहरुले वताएका छन् ।
शहिद लखन गापाको अध्यक्ष रमेश बाबु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख मोहन बहादुर थापा, गाँउपालिकाको उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, पत्रकार महासंघ गोरखाको अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा परियोजनागत प्रस्तुतीकरण युएन नेपाल गोरखाको कार्यकारी निर्देशक हरी देवकोटाले प्रस्तुत गरेका थिए ।




