| सोमवार, कार्तिक २३, २०८३

बिहीबार गोरखा नगरपालिकाको सेवा बन्द रहने

स्थापना दिवसको अवसरमा गोरखा नगरपालिकाले बिहीबार (भोली) आफ्नो सेवासुविधा बन्द हुने जनाएको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै पालिकाले भोली (माघ १५ गते) नगरपालिका तथा वडा कार्यालयहरुमा अत्यावश्यक बाहेकको सेवा बन्द हुने जनाएको हो ।
पालिकाको नगरकार्यपालिका बैठकले नगरपालिका स्थापना दिवसको दिन बिदा दिने निर्णय गरेको थियो । पालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेकाले सार्वजनिक बिदा दिइएको नगरप्रमुख कृष्णबहादुर रानाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्