
हातहतियार बुझाउन गोरखा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा रहेका तथा इजाजत प्राप्त हातहतियारहरु प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाइहरुमा हतियार बुझाउन भनेका छौ,’ उनले भने, ‘नबुझाए कानूनी कारवाही हुन्छ ।’




