
गोरखा १ मा एमालेका लामिछानेद्धारा उम्मेदवारी दर्ता
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका आरसी लामिछानेले गोरखा १ बाट उम्मेदवारी दिएका छन् ।
मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा सुजन सिंखडा छन् भने समर्थकमा काजिराम रोका छन् ।




