| आइतवार, अशोज १७, २०८३

अजिरकोटमा जलवायु परिवर्तन, वातावरण तथा विकास सम्बन्धी गोष्ठी सम्पन्न

जिल्लाको अजिरकोट गाउँपालिकामा जलवायु परिवर्तन, वातावरण तथा विकास सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गोरखाको आयोजनामा शुक्रबार उक्त समन्वय गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय तहहरुले जलवायु र वातावरणमैत्री विकास योजना संचालन गर्नुपर्ने विषयमा कार्यक्रममा छलफल भएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए । कार्यालय जिल्लाका सबै स्थानीय तहहरुमा जलवायु परिवर्तन, वातावरण तथा विकास सम्वन्धी समन्वय गोष्ठी आयोजना गर्ने उनले जानकारी दिए ।

‘जलवायु परिवर्तनको वर्तमान अवस्था, यसका असरहरु र स्थानीय तहमा कार्यक्रमहरु संचालन गर्दा कसरी वातावरण र जलवायुमैत्री बनाउन सकिन्छ भन्ने विषय गोष्ठी कार्यक्रमले समेट्छ’, उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्थानीय उपभोक्ता, शिक्षक, विद्यार्थी र विभिन्न संघसंस्थाहरुलाई कार्यक्रममा समेटेका छौँ ।’

छलफलका क्रममा अजिरकोटले विकास निर्माणका कार्यक्रमहरु गर्दा वातावरणीय पक्षलाई ध्यानमा राख्ने प्रतिबद्धता जनाएको उल्लेख छ । स्थानीय तहका नीति तथा कार्यक्रमहरुलाई जलवायु र वातावरणमैत्री बनाउने उद्देश्यसहित कार्यक्रम संचालन गरेको कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्