| आइतवार, अशोज १७, २०८३

गण्डकी गाउँपालिका वडा नं. ७ का ६० जना शिक्षकलाई पुनर्ताजगी तालिम

गण्डकी गाउँपालिका वडा नं. ७ ले आफ्ना वडाका सबै विद्यालयका सवै शिक्षकहरुलाई पुनर्ताजगी तालिम दिएको छ । ज्ञानमार्ग माविमा आयोजित सो तालिममा वडाभरिका ६० जना शिक्षकहरु सहभागी भएका वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

शिक्षकहरुलाई समय अनुसार परिवर्तित शिक्षण विधि, प्रविधिबारे जानकारी गराउने, बदलिँदो समयअनुसार विद्यालयको मनोविज्ञानमा आधारित भएर शिक्षक शिक्षण गर्नेबारे जानकारी गराउने उद्देश्यले सवै शिक्षकहरुलाई भेला गराई प्रशिक्षण गराइएको वडाअध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

कार्यक्रममा शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख वीरेन्द्रजंग थापा, निवृत्त उपसचिव दीपेन्द्र ढकाललगायतले प्रशिक्षित गराएका थिए । वडा अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका प्रमुख दीपक तिमिल्सिना, वडा नं. ५ र ८ का वडाअध्यक्षहरु सहभागी थिए ।

गतबर्षदेखि गर्न थालिएको यस्तो खालको कार्यक्रम यो बर्ष पनि दोहो¥याइएको भन्दै उनले शिक्षकहरुलाई नयाँ शिक्षण विधि र प्रविधिबारे शिक्षकहरुलाई अद्यावधिक गराउन यो कार्यक्रम गरिएको वडाअध्यक्ष रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्