
गोरखा १ मा नेकपाबाट अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराए
आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
अधिकारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई उनले ३ हजार २१७ मतले पराजित गरेका थिए ।




