| सोमवार, कार्तिक २३, २०८३

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले गोरखा २ बाट उम्मेद्वारी दिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने नबनेबारे अन्यौलमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखा २ बाट उम्मेद्वार बन्ने निश्कर्षमा पुगेका छन् । भट्टराईले आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

गोरखा २ अन्तर्गत छेपेटारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्ताको दबाबपछि उम्मेद्वार घोषणा गरेका सो पार्टीका जिल्ला संयोजक यानप्रसाद भट्टराईले जानकारी दिए ।

‘आज छेपेटारमा अगुवा कार्यकर्ता भेला थियो । त्यहाँ सहभागी कर्यकर्ताले चुनावमा उठ्नुपर्छ भनेर चर्को दबाब दिएपछि उहाँ(भट्टराई)ले उठ्ने मानसिकता बनाउनु भयो’, भट्टले भने, ‘त्यसपछि उहाँले उठ्ने नै घोषणा गर्नुभयो । अब सोमबार बिहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गर्नुहुनेछ ।’

डाक्टर भट्टराई तत्कालीन माओवादी केन्द्रबाट २०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट र २०७० मा गोरखा–१ बाट निर्वाचित भई संविधासभा सदस्य बनेका थिए भने २०७४ सालमा कांग्रेससँग गठबन्धन गरी तत्कालीन नयाँशक्तिबाट गोरखा–२ बाटै विजयी बनेका थिए ।

२०७९ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका लागि सो क्षेत्र खालि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्