| आइतवार, जेष्ठ १६, २०८३

नेकपा एमालेबाट गोरखा १ मा लामिछाने, २ मा गुरुङ उम्मेद्वार

नेकपा एमालेले गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले शनिबार गोरखा क्षेत्र नं. १ का लागि आरसी लामिछानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने क्षेत्र २ का लागि मिलन गुरुङ(मिलन चक्रे)लाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

लामो समयदेखि अनेरास्ववियूको राजनीतिबाट लामिछाने हालै सम्पन्न एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । लामो समयदेखि एमालेमा आवद्ध मिलन गुरुङ काठमाडौँमा व्यवसाय गर्दै आएका व्यक्ति हुन् ।
एमालेका दुवै जना प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि नौलो अनुहार हुन् ।

प्रतिक्रिया दिनुहोस्