| आइतवार, जेष्ठ १६, २०८३

नेपाली कम्युनिष्ट पार्टीबाट गोरखा १ मा अधिकारी २ मा न्यौपाने बने उम्मेद्वार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गोरखाका दुवै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा केन्द्रले गोरखा १ का लागि हरिराज अधिकारी र गोरखा २ का लागि लेखनाथ न्यौपानेलाई उम्मेद्वार बनाउने टुंगो लगाएको हो ।

उम्मेद्वारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा नेकपाले शनिबार गोरखाको दुवै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको पार्टी केन्द्रले जनाएको छ । हरि अधिकार २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।

गत निर्वाचनमा कांग्रेससँग मिलेको माओवादीले १ मा कांग्रेसका राजेन्द्र बजगाईंलाई सघाएको थियो । न्यौपाने भने यसअघि प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैमा उम्मेद्वार थिएनन् । उनका लागि यो नै पहिलो चुनावी अनुभव हो ।

गोरखा २ जौबारी घर भएका नारायणकाजी श्रेष्ठ भने आउँदो चुनावमा सर्लाहीबाट उम्मेद्वार बन्ने भएका पार्टी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्