| शुक्रबार, बैशाख १७, २०८३

गोरखामा लगानी भित्र्याउने पहल थापाको नेतृत्वमा समिति गठन

अनुपमा खनाल : गोरखामा स्वदेशी तथा बाह्य लगानी प्रवद्र्धनका लागि गोरखा पुख्र्यौली थलो भै हाल जर्मनीमा बस्दै आउनुभएका रामप्रताप थापाको संयोजनमा समिति बनाइएको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् प्रतिनिधि सभाका साँसद डाक्टर बाबुराम भट्टराईको आयोजनामा असोज ३० गते काठमाण्डौंमा भएको भेलाले गैरआवासीय नेपाली संघका संरक्षक थापाको संयोजनमा संयन्त्र समिति बनाएको हो । छलफलले गोरखालाई विकास र आर्थिक समृद्धिको हिसावले देशकै नमुना जिल्ला बनाउने अठोट गरेको छ । त्यसलाई कार्यान्वयनको दिशामा लैजानका लागि समिति बनाइएको छ । समितिमा एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कृष्ण लामिछाने, फणिन्द्र पन्त, ऋषि ढकाल, वसन्तचन्द्र मरहट्टा, राजेन्द्रराज पन्त, गोपालबाबु श्रेष्ठ, पदम गुरुङ सदस्य छन् । गोरखामा लगानी प्रवद्र्धनका लागि बनाइएको समितिमा गोरखा उद्योग वाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्श र शिशिर भट्टलाई प्रतिनिधिका रुपमा राखिएको छ । थापा नेतृत्वको संयन्त्र समितिको विज्ञ समूहमा डाक्टर स्वर्णिम वाग्ले, डाक्टर लक्ष्मीप्रसाद देवकोटा र डाक्टर दिनेशचन्द्र देवकोटा रहनुभएको भट्टराईका स्वकीय सचीव रोशन पोखरेलले जान कारी दिए । संयन्त्र समितिको सल्लाहकारमा डाक्टर भट्टराई सहित साँसद सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका मन्त्री रामशरण वस्नेत, गोरखाबाट प्रतिनिधित्व गर्ने सबै साँसद, पालुङटार र गोरखा नगरपालीकाका मेयर रहेका छन् । गोरखा क्षेत्र नम्वर २ का साँसद समेत रहेका बाबुराम भट्टराईको संयोजन भएको छलफलमा गोरखामा सम्भावित लगानीको क्षेत्रका बारेमा वक्ताहरुले आफ्ना भनाई राखेका थिए । छलफलमा लिगलिगे दौडलाई अन्तर्राष्टिूयकरण गर्ने, गोरखाको उत्तरी भेगमा जडिबुटी उद्योग, कस्तुरी पालनको सम्भावना बारे चर्चा भएको भट्टराईका स्वकीय सचीव पोखरेलले जानकारी दिए । यस्तै लिगलिगकोट, सिरानचोक, अजिरकोट, वारपाक, सितागुफा, भिमसेन थापा जन्मस्थल, मन कामना, शहिद लखन हुँदै गोरखा दरवारसम्मको पर्यटकीय सर्किट निर्माण लगायतबारे पनि छलफल भएको थियो । छलफलमा गोरखा बाट निर्वाचित जनप्रतिनिधि, एन आरएनका अध्यक्ष सहित विदेशमा पेशा ब्यवसाय गर्दै आएका र देशका विभिन्न भागमा रहेका गोरखालीहरुको सहभागीता रहेको थियो । प्रचूर सम्भावना भएर पनि विकासका दृष्टिले पछि परेको गोरखालाई विकासको नमुना जिल्लाका रुपमा विकास गर्न छलफल गरिएको नयाँ शक्तिका संयोजक भट्ट राईले बताए । ‘अबको एक दशक भित्र गोरखाको कायापलट हुन्छ’ उनले भने ‘अब संयन्त्र समितिले विज्ञ सहितको सहभागी ता मा लगानीको क्षेत्र पहिचान गर्नेछ । त्यसपछि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा लगानी भित्राउने काम शुरु गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्