| आइतवार, माघ २५, २०८२

जेन–जी आन्दोलनका सहिदलाई पालिकाद्वारा राहत सहयोग

जेन–जी आन्दोलनका सहिद परिवारलाई जिल्लाको पालुङटार नगरपालिकाले राहत स्वरुप नगद सहयोग गरेको छ । यही भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका पालुङटार नगरपालिका वडा नं ३ डुम्रीडाँडाका ३९ वर्षीय रमेश पराजुलीको परिवारलाई पालिकाले एकलाख रुपैयाँ नगद सहयोग गरेको हो ।

जेन–जी सहिद पराजुलीको परिवारलाई राहत स्वरुप रु एक लाख रुपैँया प्रदान गरेको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए ।

मंगलबार एक कार्यक्रमका बीच पालिकाका मेयर विवस चिन्तनले मृतक रमेश पराजुलीकी आमा कृष्णमाया पराजुलीलाई रकम हस्तान्तरण गरेको उनले जानकारी दिए । ‘नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेर पालिकाको आन्तरिक श्रोतबाट उक्त सहयोग गरेको हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्