| सोमवार, कार्तिक २३, २०८३

निर्वाचन प्रहरीमा आवेदन गर्नेको संख्या प्रदेशभरिकै गोरखामा धेरै

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या गण्डकी प्रदेशभरमै गोरखामा धेरै छन् । शुक्रबारदेखि सुरु भएको आवेदन संकलन कार्यक्रममा २४१ जनाले आवेदन भरिसकेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार १६० जनाले आवेदन गरेका एसपी भरत विकले जानकारी दिए । १०७ पुरुष र ५३ जना महिलाले आवेदन फर्म भरेका उनले जानकारी दिए । यो संख्या गण्डकी प्रदेशमै सबैभन्दा धेरै रहेको उनको भनाइ छ । शनिबार दोस्रो दिन ५८ पुरुष र २३ महिला गरी ८१ जनाले आवेदन फर्म भरेका उनको भनाइ छ । सार्वजनिक विदाका दिनमा पनि आवेदन फर्म लिइन्छ भन्ने जानकारी सबैमा नभएका कारण शनिबार कम फर्म भरिएको हुनसक्ने उनले बताए ।

गोरखामा दुईहजार दुईसय ८३ जना निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि भर्ना खुल्ला गरिएको थियो । । जसमध्य दुईहजार दुईसय चार जना नेपाल प्रहरीतर्फ र ७९ जना सशस्त्र प्रहरीतर्फ भर्ना गरिने जनाइएको छ । एकमुष्ट रुपमा भर्ना गरिसकेपछि ७९ जना सशस्त्रतर्फ र अरु नेपाल प्रहरीतर्फ आवद्ध गराइने एसपी बिकले जानकारी दिए ।

आवेदन माघ १ गतेसम्म दिन सकिने छ । ४० दिन काम गर्नेगरी निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ पारिश्रमिक दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्