| आइतवार, जेष्ठ १६, २०८३

गोरखाका राजकुमार श्रेष्ठ बने गृहसचिव

गोरखाका राजकुमार श्रेष्ठ गृहसचिवको जिम्मेवारी सम्हालेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी स्थायी घर भएका श्रेष्ठले सोमबार नेपाल सरकारको गृहसचिवको पदभार सम्हालेका हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सरूवा भएर आएका गृहसचिव श्रेष्ठलाई स्वागत गरेका छन् । सरकारले यसअघिका गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरूवा गरेको छ । दंगाललाई मन्त्री अर्यालले धन्यवाद दिँदै बिदाई गरेका थिए ।

स्वागत गर्दै गृहमन्त्री अर्यालले गृह सचिवको नयाँ जिम्मेवारी सम्हालेका सचिव श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्