
रोटरी क्लव अफ बज्र मनासलुको अध्यक्षमा राजुबाबु लामिछाने
रोटरी क्लव अफ बज्र मनासलुको वर्ष २०२६÷२७ का लागी नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार राजुबाबु लामिछानेको अध्यक्षतामा १७ सदस्ययी कार्यसमिति गठन भएको हो ।
नयाँ समितिको प्रेसिडेन्ट इलेक्ट रामशरण कोइराला, प्रेसिडेन्ट नोमिनी निधीप्रसाद तिमिल्सिना र भाईस प्रेसिडेन्टमा ज्ञानेन्द्र क्षेष्ठ चयन भएका छन् ।
सचिवमा नोखबहादुर बोगटी, कोषाध्यक्षमा सुजन श्रेष्ठ र सहसचिवमा भोलाप्रसाद मरहट्ट चयन भएका छन् । पद हस्तान्तरण कार्यक्रम भने केही समयपछि हुने क्लवका वर्तमान अध्यक्ष बिनोद अर्यालले बताए ।




