| सोमवार, कार्तिक २३, २०८३

कर्मचारी मिलन केन्द्र गोरखाको नयाँ कार्यसमिति चयन

कर्मचारी मिलन केन्द्र गोरखाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले धनेश्वर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पौडेल जिल्ला समन्वय अधिकारी हुन् ।

उपाध्यक्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाकी प्रमुख रन्जना कुँवर, सचिवमा जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोइराला, सहसचिवमा स्वास्थ्य बिमा बोर्डका रमेशकुमार घिमिरे र कोषाध्यक्षमा गोरखा नगरपालिकाकी अम्बिका घिमिरे चयन भएका छन् ।

सदस्यहरुमा सघन शहरी तथा भवन निर्माण आयोजना गोरखाकी प्रतिज्ञा मानन्धर, कृषि बिकास कार्यालयका हरिप्रसाद न्यौपाने, पूर्वाधार बिकास कार्यालयकी सर्मिला थापा, जिल्ला प्रशासन कार्यालयका चुडानिधि तिवारी, शहिद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख नविन अधिकारी, एकीकृत सेवा कार्यालयका प्रमुख दशरथ शर्मा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्