| बुधबार, माघ १, २०८२

गोरखामा कुल मतदाता २ लाख ३० हजार : कुन पालिकामा कति मतदाता ? बिगतभन्दा कति घटबढ ?

जिल्ला निर्वाचन कार्यालयले गोरखामा दुईलाख ३० हजार मतदाताको नामावली संकलन गरेको छ । आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि आउँदो फागुन २० गतेसम्म १८ बर्ष पुग्ने मतदाताको संख्या २,३०,४५४ रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

गत २०७९ को निर्वाचनका लागि आयोगले गोरखामा २,१८,५६३ मतदाता नामावली संकलन गरेको गोरखामा अहिले ११,८९१ मतदाता संख्या वृद्धि भएको हो ।

निर्वाचन आयोगले गत आइतबार प्रकाशित गरेको मतदाता नामावली अनुसार गोरखाको मतदाता सो संख्यामा रहेको उल्लेख छ । अन्तिम नामावली भने आउँदो पुस १५ गते प्रकाशन गर्ने निर्वाचन कार्यालयको कार्यसूची छ ।

कार्यालयका अनुसार गोरखाको सबैभन्दा धेरै मतदाता गोरखा नगरपालिकामा ३७,६६८ मतदाता रहेका छन् । त्यस्तै दोस्रो धेरै मतदाता पालुङ्टार नगरपालिकामा ३४,४१३ जना मतदाता रहेका कार्यालयले जनाएको छ । त्यस्तै तेस्रो धेरै मतदाता संख्या सहिद लखन गाउँपालिकामा २५,२३१ रहेको छ । सिरानचोक गाउँपालिकामा २२,४७४ मतदाता छन् भने भीमसेनथापा गाउँपालिकामा २१,१६० जना मतदाता रहेका छन् ।

त्यसैगरी बारपाक सुलिकोट गाउँपालिकामा २०,८४३ मतदाता छन् भने गण्डकी गाउँपालिकामा १९,६२९ र आरुघाट गाउँपालिकामा १९,३७६ जना मतदाता संख्या छ ।

निर्वाचन कार्यालयका अनुसार अजिरकोट गाउँपालिकामा १३,३०९ मतदाता रहेका छन् भने धार्चेमा ११,१०७ र चुमनुब्री गाउँपालिकामा ५,२४४ मतदाता रहेका छन् ।

यो संख्या अन्तिम नभै केही थपघट हुनसक्ने निर्वाचन कार्यालयका रविलाल सुवेदीले जानकारी दिए । अन्तिम नामावली आउँदो पुस १५ गते प्रकाशित गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्