| शनिबार, अशोज ९, २०८३

लैङ्गिक हिंसा बिरुद्धको अभियानअन्तरगत बक्तृत्वकला प्रतियोगिता सम्पन्न

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तरगत गोरखामा बक्तृत्वकला प्रतियोगिता भएको छ । गोरखा नगरपालिका र सामाजिक बिकास कार्यालय गोरखाको आयोजनामा मंगलबार नगरपालिका स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको हो ।

गोरखा सदरमुकामस्थित शक्ति मावि, पाटेचौरमा ‘लैङ्गिक हिंसा न्युनिकरण’ विषयक प्रतियोगिता भएको सामाजिक बिकास कार्यालय गोरखाका सूचना अधिकारी तुलसिँह गुरुङले बताए । प्रतियोगितामा लक्ष्मि सामुदायिक शिक्षा सदन, लक्ष्मिबजारकी इशा कुँवर प्रथम भएको उनले जानकारी दिए । कुँवरले नगद रु चार हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

यस्तै, प्रतियोगितामा जेनियस इङ्लिस बोर्डिङ स्कुलकी सन्जु श्रेष्ठले द्धितिय, द ओल्ड क्यापिटल माविकी सृष्टि गुरुङले तृतीय र रत्नलक्ष्मि मावि डुम्रीडाँडाकी समिता बस्नेत र तारा मावि छेवेटारकी प्रगति सिर्मलले सान्त्वना स्थान हासिल गरेको सामाजिक बिकास कार्यालयले जनाएको छ । द्धितिय, तृतीय र सान्त्वना हुनेहरुले क्रमश रु तीन हजार, दुईहजार र एक–एक हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गोरखा नगरपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थिए ।

शक्ति मावि, पाटेचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा नगरपालिकाको शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्का, विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद अधिकारी लगायतले मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्